काठमाडौं । एमाले सांसद भीम रावलले पेट्रोलियम पदार्थमा भारतसँगको एकाधिकार तोड्नुपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भारतसँगको एकाअधिकार तोडेर अन्य देशबाट पनि पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने बताएका हुन् ।
‘पञ्चायत कालमा पनि खुला बजारबाट बाहिरी देशबाट बच्चा तेल ल्याएर, भारतमा प्रशोधन गरेर नेपालमा सहउत्पादन गरी उपयोग गर्ने गरिएको थियो,’ उनले भने, ‘तत्कालै खृुला बजारबाट कहाँ सस्तो पाइन्छ तेल, त्यो ल्याउनका लागि एउटा देशमाथि निर्भरता होइन, त्यतातर्फ सरकारले तुरुन्तै पाइला चालोस् ।
दैलेखमा पेट्रोलियम पदार्थ उत्खननको कार्य अघि बढाउनुपर्ने भन्दै उनले अनावश्यक बाह्य मूल्यका चाप नियन्त्रण गर्न अन्तर्राष्ट्रिय कानुनअनुसार सिमानाको नियमन गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० जेठ २०७९, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई पदमा बस्ने अधिकार छैन : भीम रावल
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै