काठमाडौं । प्रहरीले सफ्टवेयरको सोर्स कोड (कम्प्युटर स्रोत संकेत) चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका १ किहुँ घर भएका ३५ वर्षीय सन्तोष सिग्देल रहेका छन् । उनले ललितपुर सानेपामा म्याट्रिक्स सफ्टेक प्रालि सञ्चालन गर्दै आएका छन् ।
‘राजस्व व्यवस्थापन’ नामक सफ्टवेयरको सोर्स कोड चोरी गरी बौद्धिक सम्पत्तिमा आघात पुर्याएको भन्दै प्रहरीको साइबर ब्यूरोले पक्राउ परेको हो ।
उनले उक्त सफ्टवेयरको सोर्स कोड चोरी गरी विभिन्न स्थानीय तहमा बिक्री गर्दै आएका थिए ।
पक्राउ परेका सिग्देलविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ जेठ २०७९, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ