काठमाडौं । बुधबार पनि सेयर बजार ओरोलो लागेको छ । बुधबार कारोबारमा आएका १३ उपसमूह मध्ये तीन वटा मात्रैमा हरियाली छायो भने बाँकी १० उपसमूह राताम्मे रह्यो । बुधबार ७.२१ अंकले घटेर बजार २१३०.७१ अंकमा आइपुगेको छ । सरकारले नयाँ बजेट घोषणा गरेपछि सेयर बजार निरन्तर ओरालो लागेको छ ।
बुधबार २२७ कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउँदा कुल कारोबार एक अर्ब ७ करोडमा खुम्चियो । कारोबारमा आएका मध्ये १०१ कम्पनीको सेयर मूल्य बढ्दा ८४ कम्पनीको मूल्य ओरालो लागेको छ भने १० कम्पनीको मूल्यमा कुनै परिवर्तन आएन । घटेको बजारमा पनि मैलुङखोला जलविद्युतको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने बलेफी हाइड्रोको मूल्य पनि ९.९४ प्रतिशतले बढ्यो । आज धेरै कमाउने अन्य कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक, उपकार लघुवित्त र माउण्टेन इनर्जी हाइड्रो रह्यो ।
बुधबारको बजारमा धेरै गुमाउने कम्पनीमा शिखर इन्स्योरेन्स रह्यो । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको थियो । यस्तै नेपाल इन्भेष्ट मन्ट बैंक, गुराँस लघुवित्त कम्पनीको शेयर मूल्य पनि ७ प्रतिशत हाराहारीले घट्यो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ जेठ २०७९, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो नेप्से
कारोबारसँगै बढ्यो सेयर बजार
६.७४ अंकले बढ्यो नेप्से
सेयर बजार १.६६ अंकले घट्यो
सेयर बजार २६०६ अंकमा झर्यो
घट्यो सेयर बजार, ४ अर्ब ६६ करोडको कारोबार