काठमाडौं । कारोबार हुने साताको दोस्रो दिन शेयर बजारमा ३५ अंकको पहिरो गएको छ ।
कारोबार परिसूचक नेप्से ३५.५३ अंकले घटेर २१३७.९२ विन्दुमा आइपुग्दा ठूला कम्पनीको करोबार परिसूचक सेन्सेटिभ इन्डेक्स पनि ७.११ अंकले घटेर ४१५.६३ विन्दुमा झरेको छ ।
म्युचल फण्ड समूहमा हरियो मात्र लाग्दा लगानी समूह पनि १ अंकले घटेको छ । त्यसबाहेकका सम्पूर्ण समूह राताम्मे भए ।निर्जीवन बीमा तीन अंकले झर्दा अन्य समूह दोहोरो अंकको ओरालो यात्रामा छन् ।
नेप्सेमा भयङ्कर गिरावट आउँदा कारोबार रकममा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको छ । यसदिन २ सय २९ कम्पनीको ३७ लाख ६९ हजार ८ सय १२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ७६ लाख ९९ हजारको कारोबार भएको छ ।
कारोबार भएकामध्ये यसदिन १५ कम्पनीले उकालो लाग्दा १ सय ७५ कम्पनी ओरालो लागेका छन् । ५ कम्पनी भने स्थिर अवस्थामा छन् ।मंगलबार उपकार लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ८.२३ प्रतिशतले कमाउँदा नेपाल इन्भेस्टमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ जेठ २०७९, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा गिरावट, पाँच कम्पनीमा सकारात्मक सर्किट
३ हजार अंक मुनि झर्यो सेयर बजार
सेयर बजार ४ वर्षयताकै उच्च विन्दुमा, परिसूचक ३ हजार माथि
२९६२ अंकमा झर्यो सेयर बजार
नेप्से परिसूचक १८ अङ्कले घट्दा साढे २६ अर्बको कारोबार
लगातार बढ्यो सेयर बजार, १८ अर्ब ४९ करोडको कारोबार