इंग्ल्याण्ड टाेली अष्ट्रेलिया भ्रमणमा जाँदै

सफल खबर संवाददाता

सोमबार, १६ जेठ २०७९, १६ : ०८
इंग्ल्याण्ड टाेली अष्ट्रेलिया भ्रमणमा जाँदै

काठमाडौं । आईसीसी टी–२० विश्वकपअघि इङ्ल्यान्डले अस्ट्रेलिया भ्रमण  गर्ने भएको छ । आगामी विश्वकप अक्टोबर, नोभेम्बरमा हुँदैछ । त्यसअघि दुई देशले शृंखला खेल्ने तयारी गरेका हुन् । 

क्रिकेट अस्ट्रेलियाले २०२२/२३ मा पुरुष र महिला क्रिकेट टोलीले खेल्ने शृंखलाको तालिका सार्वजनिक गरेको हो । यसक्रममा ६ राष्ट्रले शृंखलाका लागि अस्ट्रेलिया भ्रमण गर्नेछन् ।

टी–२०  शृंखलाअन्तर्गतको पहिलो खेल ९ अक्टोबरमा ब्रिसबेनमा हुनेछ भने दोस्रो र तेस्रो खेल क्यानबेरामा १२ र १४ अक्टोबरमा हुनेछ । इङल्यान्डले एडिलेड, सिड्नी र मेलबर्नमा १७, १९ र २२ तीन एक दिवसीय शृंखला खेल्नेछ ।

त्यस्तै, अस्ट्रेलियाको महिला क्रिकेट टोलीले  सन् २०२३ जनवरीमा पाकिस्तानविरुद्ध तीन एक दिवसीय र तीन टी–२० खेलको शृंखला खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस