काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी आर्थिक वर्षको बजेटले आर्थिक संकटलाई सम्बोधन नगरेको टिप्पणी गरेको छ ।
संसदमा बजेट प्रस्तुतपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एमाले नेता खगराज अधिकारीले बजेटले आर्थिक उत्पादन र वित्तीय क्षेत्रमा योगदान दिन नसक्ने बताए।
रोजगारी, आर्थिक विकास र रणनीतिक महत्वका योजनाको बारेमा पनि बजेट मौन रहेको उनको आरोप छ ।अधिकारीले आफू स्वास्थ्य मन्त्री हुँदा १ सय भन्दा धेरै औषधिहरु निःशुल्क उपलब्ध गराएको स्मरण गर्दै अहिलेको सरकारले त्यसलाई घटाएर ९८ मा कायम गरेको बताए।
स्वास्थ्य बीमा कार्यक्रमलाइ निजी क्षेत्रको जिम्मा लगाउने विषयले पनि सरकार जनताप्रति उत्तरदायी नभएको पुष्टि हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ जेठ २०७९, १९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत
महाधिवेशनमार्फत आन्तरिक असन्तुलन व्यवस्थापन गरिएको एमाले अध्यक्ष ओलीको दाबी
पार्टी गतिविधिलाई समयानुशासनमा केन्द्रित गरिने एमालेको प्रतिबद्धता
लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
एमालेको दुईदिने राष्ट्रिय कार्यशाला आजदेखि हुँदै