काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट हालसम्म १३ हजार ७४८ जनप्रतिनिधि निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार पालिकाहरुको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएका हुन् ।
मतगणना सम्पन्न भएका पालिकाहरुमा सबैभन्दा बढी जनप्रतिनिधि कांग्रेसबाट निर्वाचित भएको आयोगले जनाएको छ । आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । कुल ३५ हजार २२१ जना जनप्रतिनिधिको लागि निर्वाचन गरिएको थियो । निर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।
आयोगका अनुसार प्रमुखमा १४०, अध्यक्षमा १८८, उपप्रमुखमा ११०, उपाध्यक्षमा १९०, वडाध्यक्षमा २ हजार ६६३, महिला सदस्यमा २ हजार ६०४, दलित महिला सदस्यमा २ हजार ५४९ र सदस्यमा ५ हजार ३०४ जना जनप्रतिनिधि कांग्रेसबाट विजयी बनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ जेठ २०७९, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
प्रदेश सरकारसँग असमझदारी हटाउन प्रतिनिधि खटाउने काँग्रेसको निर्णय
उद्धार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको आग्रह
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
कांग्रेस केन्द्रीय समिति बैठक सकिँदै
कांग्रेस केन्द्रीय समिति बैठक सर्यो