काठमाडौं । धाकधम्की दिँदै ७ करोड माग गरेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । योजनाबद्ध तरिकाले पीडितलाई पटक पटक फोन गरेर तथा भेटेरै धम्की दिएर ७ करोड माग्ने सुजन आचार्यसहित ७ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उदयपुरका सुजन आचार्यसहित, कालिकोटका टेक बिक, बझाङका धर्मराज थापा, गुल्मीका बसन्ता खनाल, काठमाडौंका श्रवण कार्की, काभ्रेका उमेश भण्डारी र चितवनका सुरज शर्मा रहेका छन् ।
प्रहरीले पीडितको परिचय भने खुलाएको छैन । आरोपीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेर आपराधिक मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ जेठ २०७९, १७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ