काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् ।
प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुने क्रममा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीले आफू अस्वस्थ रहेको जानकारी दिएका हुन् ।
छलफलमा भाग लिने क्रममा उनले आफू अस्वस्थ रहेकाले बसेर सम्बोधन गर्न सभामुख अग्निप्रसाद सापकाेटासँग अनुमति मागेका हुन् । ‘म अस्वस्थ भएकाले आज बसेर सम्बोधन गर्नेछु,’ उनले भने ।
ओली नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएका छन् । बुधबार बसेकाे एमाले संसदीय दलकाे बैठकले सरकारले ल्याएकाे नीति तथा कार्यक्रममाथि सूक्ष्म ढंगले केस्रा केस्रा केलाएर संसदमा प्रस्तुत हुन आफ्ना सांसदलाई निर्देशन दिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ जेठ २०७९, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकताको सम्भावना छैन: ओली
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली