यस वर्ष मनकामना केवलकारमा भारतीय पर्यटकको सङ्ख्या ऐतिहासिक रूपमा बढेको छ। जहाँ दैनिक ५ हजार सम्म भारतीयहरू आफ्नै सवारी साधनमा आएका छन्।
प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार यस वर्ष साढे ३ लाखभन्दा बढी भारतीय पर्यटकले यात्रा गर्ने देखिएको छ। जेठ महिनामा ४० हजार नेपालीले यात्रा गरेको तथ्याङ्क छ। भारतीय पर्यटकले अफसिजनमा ठूलो सहयोग पुर्याएको भन्दै उनले नाकामा सहजीकरण र गर्मी समयमा सीमावर्ती क्षेत्रमा पर्यटन अभियान सञ्चालन गरेमा अझ बढी पर्यटक आउने धारणा राखेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असार २०८३, १४ : ३९
लेखकबाट थप