काठमाडौं । जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले भारतसँग भइरहेको नेपालको असमान व्यापार सम्बन्ध सच्याउनुपर्नेमा जोड दिएका हुन् ।
चीनसँग भन्दा भारतबाटै नेपालले सामान आयात निर्यात गर्नुपर्ने अवस्था रहेको भन्दै उनले यसका लागि भारतसँगको असमान सम्बन्ध सच्याउनुपर्नेमा जोड दिए । भौगोलिक हिसाबले चीनबाट सामान आयात र निर्यात गर्दा वस्तुको मूल्य बढ्ने भन्दै उनले भारतबाटै सामान आयात निर्यात गर्नुपर्ने बताएका हुन् । यद्यपि, उत्तरी नाका पनि खोल्नुपर्ने उनको भनाइ छ ।
भारतको चासो यसबारे जानकारी लिएर उनले अर्थनीति बनाउनुपर्नेमा बताए । तर, नीति बनाउँदा आफ्नै देशको हितलाई नै केन्द्रमा राख्नुपर्ने बताएका उनले राष्ट्रहितका विषयमा छलफल गर्नुपर्ने उल्लेख गरे । स्वास्थ्य र शिक्षालाई निजीकरण नगरी राज्यले आफ्नाे दायित्वमा राख्नुपर्ने भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ जेठ २०७९, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतसँगको खुला सिमानाका कारण नेपाल सधैँ चेपुवामा पर्यो : बाबुराम भट्टराई
विश्वदीपले किन छाडे बाबुराम भट्टराईको साथ ?
गल्ती सच्याऊँ, इतिहास दोहोरिन नदिऊँ : डा. भट्टराई
महिन्द्र सत्ताको अमूक स्वार्थमा लागेको बाबुराम पक्षको ठहर, माओवादीसँगको एकता सहमति खारेज
पुरुष र महिला खेलाडीबीच तलबमा किन भेदभाव ? : बाबुराम भट्टराई
जनयुद्धको स्मरण गर्दा सधैँ गर्वको अनुभूति हुन्छ : बाबुराम भट्टराई