चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार कृष्णलाल श्रेष्ठले विजयी भएका छन् । श्रेष्ठले एमालेका उम्मेदवार डोलनाथ अधिकारी लाई हराएका हुन् । यस वार्डमा ७९२३ मतदाता रहे पनि ५६२३ मत खसेको थियो ।
यो सगै भरतपुरको वडा नम्बर ६ मतगणना सकिएर ७ नम्बर वडाको शुरु भएको छ । अहिले सम्म कांग्रेसले वडा न. १ ,२ ४, ५ र ६ गरेर ५ वटा वडा जितेको छ भने एमालेले वडा न. ३ जितेको छ ।
यता महानगरको प्रमुख पदमा भने गठबन्धनका रेनु दाहालले अग्रता बढाउदै. लगेकी छिन् । पछिल्लो परिणाम अनुसार २७ हजार २६ मत गणना सकिदा दाहालले १ हजार ६१७ मतले अगाडी रहेकी छिन् । यस्तै, उनका निकटतम प्रतिद्धन्दी एमालेका विजय सुवेदीले ८ हजार १ सय ८४ मत प्राप्त गरेका छन् ।
रेनु दाहाल १६१७ मतले अगाडी
भरतपुरमा (२७०२६) जम्मा मतगणना
रेनु दाहाल : ९८०१
विजय सुवेदी : ८१८४
जगन्नाथ पौडेल : ४४३९
उपमेयर:
चित्रसेन अधिकारी: ११७४०
हिमला गुरुङ :६६६८
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ जेठ २०७९, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान