चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार कृष्णलाल श्रेष्ठले विजयी भएका छन् । श्रेष्ठले एमालेका उम्मेदवार डोलनाथ अधिकारी लाई हराएका हुन् । यस वार्डमा ७९२३ मतदाता रहे पनि ५६२३ मत खसेको थियो ।
यो सगै भरतपुरको वडा नम्बर ६ मतगणना सकिएर ७ नम्बर वडाको शुरु भएको छ । अहिले सम्म कांग्रेसले वडा न. १ ,२ ४, ५ र ६ गरेर ५ वटा वडा जितेको छ भने एमालेले वडा न. ३ जितेको छ ।
यता महानगरको प्रमुख पदमा भने गठबन्धनका रेनु दाहालले अग्रता बढाउदै. लगेकी छिन् । पछिल्लो परिणाम अनुसार २७ हजार २६ मत गणना सकिदा दाहालले १ हजार ६१७ मतले अगाडी रहेकी छिन् । यस्तै, उनका निकटतम प्रतिद्धन्दी एमालेका विजय सुवेदीले ८ हजार १ सय ८४ मत प्राप्त गरेका छन् ।
रेनु दाहाल १६१७ मतले अगाडी
भरतपुरमा (२७०२६) जम्मा मतगणना
रेनु दाहाल : ९८०१
विजय सुवेदी : ८१८४
जगन्नाथ पौडेल : ४४३९
उपमेयर:
चित्रसेन अधिकारी: ११७४०
हिमला गुरुङ :६६६८
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ जेठ २०७९, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना
भरतपुरको आगामी वर्षको बजेट सार्वजनिक : ५ अर्ब १९ करोडको योजना
भरतपुर महानगरको बजेट : अधुरा पूर्वाधारमा जोड, डिजिटल सहर र सामाजिक सुरक्षामा प्राथमिकता
यस्तो छ भरतपुर महानगरको आगामी वर्षको बजेट (पूर्णपाठ)
विगतका अधुरा योजना पूरा गर्न मात्रै ८४ करोड छुट्याइयो
विगतका अधुरा योजना पूरा गर्न मात्रै ८४ करोड छुट्याइयो