चितवन । भरतपुर महानगरपालिका प्रमुख पदमा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले फराकिलो अन्तरले अग्रता कायम राख्न सफल हुँदै गएकी छिन् ।
पछिल्लो मत परिणाम अनुसार २६ हजार ५२६ मत गणना हुँदा रेनुले ९ हजार ६३१ मत पाएकी छन् । १ हजार ५१२ मतको अन्तरले उनी अग्रस्थानमा छिन् ।यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार ११९ मत पाएका छन् । अर्का प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३६० मत पाएका छन् ।
उपप्रमुख पदमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारी ११ हजार ५१५ मतका साथ अग्रस्थानमा छन् । अर्का प्रतिष्पर्धी राप्रपाकी हिमला गुरुङले ६ हजार ६११ मत पाएकी छन् ।
त्यस्तै जारी गणनामा ६ नम्बर वडाको वडाध्यक्षमा काँग्रेस उम्मेदवार कृष्णलाल श्रेष्ठले २ हजार ३०५ मत ल्याई अग्रस्थानमा छन् भने एमालेका उम्मेदवार डोल नारायण अधिकारीले १ हजार ८७८ मतले पछ्याईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ जेठ २०७९, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण