भरतपुर महानगर अपडेट : रेनु दाहालले लिईन १३९३ मतले अग्रता, २६ हजार २५८ मत गन्दा दाहालको ९४४७

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, ०७ : २६
भरतपुर महानगर अपडेट : रेनु दाहालले लिईन १३९३ मतले अग्रता, २६ हजार २५८ मत गन्दा दाहालको ९४४७

चितवन । भरतपुर महानगरपालिका प्रमुख पदमा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले फराकिलो अन्तरले अग्रता कायम राख्न सफल हुँदै गएकी छिन् । 

पछिल्लो मत परिणाम अनुसार २६ हजार २५८ मत गणना हुँदा रेनुले ९ हजार ४४७ मत पाएकी छन् । ८२१ मतको अन्तरले उनी अग्रस्थानमा छिन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार ५४ मत पाएका छन् । अर्का  प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार २६५ मत पाएका छन् ।

उपप्रमुख पदमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारी ११ हजार २६५ मतका साथ अग्रस्थानमा छन् । अर्का प्रतिष्पर्धी राप्रपाकी हिमला गुरुङले ६ हजार ५७७ मत पाएकी छन् । त्यस्तै जारी गणनामा ६ नम्बर वडाको वडाध्यक्षमा काँग्रेस उम्मेदवार कृष्णलाल श्रेष्ठले २ हजार ६१ मत ल्याई अग्रस्थानमा छन् भने एमालेका उम्मेदवार डोल नारायण अधिकारीले १ हजार ७६१ मतले पछ्याईरहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस