चितवन । भरतपुर महानगरपालिका प्रमुख पदमा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन् । पछिल्लो मत परिणाम अनुसार २० हजार ४९५ मत गणना हुँदा रेनुले ६ हजार ९२७ मत पाएकी छन् । उनी २२६ मतले अग्रस्थानमा छिन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ६ हजार ६७२ मत पाएका छन् । अर्का प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३९१ मत पाएका छन् ।
उपप्रमुख पदमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारी ८ हजार ४२८ मतका साथ अग्रस्थानमा छन् । अर्का प्रतिष्पर्धी राप्रपाकी हिमला गुरुङले ५ हजार ५ सय मत पाएकी छन् ।
त्यस्तै जारी गणनामा ५ नम्बर वडाको वडाध्यक्षमा काँग्रेस उम्मेदवारले १ हजार ४४६ मत ल्याई अग्रस्थानमा छन् भने एमालेका उम्मेदवारले १ हजार ३५३ मतले पछ्याईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, १८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण