निश्चललाई जिस्काउँदै स्वस्तिमाले ‘ओ खरानी ग्याङको लिडर’ भने पछि......

सफल खबर संवाददाता

शुक्रबार, २५ बैशाख २०८३, १४ : २३
निश्चललाई जिस्काउँदै स्वस्तिमाले ‘ओ खरानी ग्याङको लिडर’ भने पछि......

काठमाडौं । विहिबार बेलुका ‘लालीबजार’को प्रिमियर खास रह्यो । सेलिब्रेटीदेखि राजनीतिज्ञसम्मको खचाखच उपस्थितीले माहोललाई तताएको थियो । सबैको ध्यानको केन्द्रमा थिइन्- स्वस्तिमा खड्का ।

नहोस् पनि किन ? फिल्मको लाइमलाइट नै स्वस्तिमा थिइन् । केन्द्रीय भूमिकामा अभिनय गर्ने भएकाले पनि उनीप्रति ध्यान जाने नै भयो । यसबाहेक, उनको फेसन स्टाइल पनि आकर्षक थियो ।

फोटोग्राफर उनको पर्खाइमा थिए । उनको इन्ट्री भएपछि क्यामेरा पर्सनहरूले उनका श्रीमान तथा निर्देशक निश्चल बस्नेतको पनि खोजी गरे । त्यसपछि स्वस्तिमाले जिस्काउँदै निश्चललाई बोलाइन्- ओ खरानी ग्याङको लिडर, यता आऊ न ।’

प्रतिक्रिया दिनुहोस