चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल २२६ मतले अगाडि छिन् । १९ हजार ७८८ मत गणना गर्दा रेणुले ६ हजार ६७८ मत ल्याएर अग्रता लिँदा उननलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ६ हजार ४५२ मत ल्याएका छन् ।
साथै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार २५५ मत ल्याएर रेणु र सुवेदीलाई पछ्याइरहेका छन् । यस्तै उपमेयरमा गढवन्धनका चित्रसेन अधिकारीले ८ हजार १२० र राप्रपाकी हिमला गुरुङले ५ हजार ३०६ मत ल्याएकी छिन ।
भरतपुर–५ गणना गर्दा वडाध्यक्षमा एमालेका पदमपाणी सुवेदीले १ हजार ६९ र कांग्रेसका युद्धप्रसाद श्रेष्ठले १ हजार १४० मत ल्याएर प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना
भरतपुरको आगामी वर्षको बजेट सार्वजनिक : ५ अर्ब १९ करोडको योजना