काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले जेन जेड आन्दोलनमा जलेको सिंहदरबारभित्रका कुनै एक संरचना श्रमदानमार्फत निर्माण गर्ने बताएका छन् । जारी प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सिंहदरबारभित्रका कुनै एक भवन आफ्नो पार्टी श्रम संस्कृति पार्टीलाई बनाउन दिन आग्रह गर्दै श्रमदान गरेर भए पनि निर्माण गर्ने बताएका हुन् ।
२०८२ भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनका क्रममा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसँगै देशभरका महत्त्वपूर्ण निकायहरू जलेका थिए । यस्तै, संसद् बैठक सुरु हुनासाथ साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सभामुखको अगाडि पर्चासहित प्रदर्शन गरेको थियो । प्रदर्शनमा सो पार्टीका सांसदको छातीमा ‘प्रधानमन्त्री संसद्प्रति जबाफदेही बन्नै पर्छ’ लेखिएको पर्चा टाँसिएको थियो ।
पर्चामा ‘प्रश्नदेखि भाग्न पाइँदैन’, ‘जनमतलाई सम्मान गर’, ‘संसद् छलेर अध्यादेश ल्याउन बन्द गर’, ‘संसदीय मर्यादा पालन गर’ जस्ता नारा समेत लेखिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ जेठ २०८३, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङको प्रश्न : ‘म बालेनसँग मिले जनताले कस्तो प्रतिक्रिया देलान् ?’
हर्क सङपाङको प्रश्न- यो देश ढुंगाहरूको हो या मान्छेको ?
सदनमा रक्षामन्त्रीलाई देखिएन, बोलाइयोस्: हर्क साम्पाङ
प्रधानमन्त्रीको अभिव्यक्तिबारे हर्क साम्पाङको प्रतिक्रिया : रेकर्ड हट्ने विश्वास, आन्दोलन जारी
सभामुखलाई हर्क साम्पाङको प्रश्न- सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग