बढ्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, २० : २६
बढ्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य

काठमाडौं । निअन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य १०–१० रुपैयाँ बढाएको हो । नयाँ मूल्य आज मध्यरातिदेखि लागू हुनेछ ।

 निगमका अनुसार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल समेतको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर समान १० रुपैयाँ वृद्धि गरी गरिएको छ ।

यससँगै काठमाडौं उपत्यकामा पेट्रोल, डिजेल र मट्टितेलको नयाँ खुद्रा विक्री मूल्य क्रमशः १७०, १५३ र  १५३ रुपैयाँ कायम गरिएको छ ।

एलपी ग्यास तथा हवाई इन्धनको विक्री मूल्य भने हाललाई यथावत नै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस