चितवन । स्थानीय तहको निर्वाचनअन्तर्गत चितवनमा ७३.२६ प्रतिशत मत खसेको छ । जिल्लामा ३ लाख ९७ हजार ६८५ मतदाता छन् । निर्वाचन कार्यालय चितवनकाअनुसार सबैभन्दा धेरै कालिका नगरपालिकामा ७८.१५ प्रतिशत मत खसेको छ ।
सबैभन्दा थोरै भरतपुर महानगरपालिकामा ६७ प्रतिशत मत खसेको निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । रत्ननगर नगरपालिकामा ७४.८६ प्रतिशत, खैरहनी नगरपालिकामा ७४.२५ प्रतिशत, राप्ती नगरपालिकामा ७३ प्रतिशत, माडी नगरपालिकामा ७२.३७ प्रतिशत र इच्छाकामना गाउँपालिकामा ७६.८० प्रतिशत मत खसेको कार्कीले जानकारी दिए ।
भरतपुरमा १ लाख ८५ हजार ७५२, रत्ननगरमा ५२ हजार ६४२, राप्तीमा ४० हजार ६४९, खैरहनीमा ४३ हजार ५३१, कालिकामा ३१ हजार १५७, माडीमा २८ हजार ३२० र इच्छाकामनामा १५ हजार ६३४ मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने
चितवनमा मतदानस्थलको सुरक्षा मूल्यांकन सम्पन्न