चितवन । स्थानीय तहको निर्वाचनअन्तर्गत चितवनमा ७३.२६ प्रतिशत मत खसेको छ । जिल्लामा ३ लाख ९७ हजार ६८५ मतदाता छन् । निर्वाचन कार्यालय चितवनकाअनुसार सबैभन्दा धेरै कालिका नगरपालिकामा ७८.१५ प्रतिशत मत खसेको छ ।
सबैभन्दा थोरै भरतपुर महानगरपालिकामा ६७ प्रतिशत मत खसेको निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । रत्ननगर नगरपालिकामा ७४.८६ प्रतिशत, खैरहनी नगरपालिकामा ७४.२५ प्रतिशत, राप्ती नगरपालिकामा ७३ प्रतिशत, माडी नगरपालिकामा ७२.३७ प्रतिशत र इच्छाकामना गाउँपालिकामा ७६.८० प्रतिशत मत खसेको कार्कीले जानकारी दिए ।
भरतपुरमा १ लाख ८५ हजार ७५२, रत्ननगरमा ५२ हजार ६४२, राप्तीमा ४० हजार ६४९, खैरहनीमा ४३ हजार ५३१, कालिकामा ३१ हजार १५७, माडीमा २८ हजार ३२० र इच्छाकामनामा १५ हजार ६३४ मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा नागरिकता त्याग्नेभन्दा गैर आवासीय नागरिकता लिने बढी
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
एमाले महाधिवेशन: चितवनमा प्रतिनिधि छनोट सर्वसम्मत
एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
चितवन जिल्ला प्रशासनद्वारा राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा सुरु