काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले संविधान संशोधनको प्रक्रिया अघि बढाउँदा संविधानका मूल भावना र आधारभूत मूल्य-मान्यतामा असर नपर्ने गरी निर्णय गर्न सरकारलाई आग्रह गरेका छन्।
काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै गुरुङले सरकार पक्षबाट संविधानको प्रस्तावना तथा आधारभूत संरचनासँग सम्बन्धित विषयमा हस्तक्षेप गर्ने प्रयास भइरहेको आरोप लगाए।
उनले संविधान संशोधनका लागि गठित कार्यदलले आफ्नो जिम्मेवारीको सीमाभन्दा बाहिर गएर मस्यौदा तयार गर्ने काम गरेको दाबी गरे। संविधानका मूल मान्यतामा परिवर्तन ल्याउने उद्देश्यसहित अघि बढिएको भन्दै उनले त्यसप्रति असहमति जनाएका हुन्।
गुरुङले आफूहरूले कार्यदलमा लिखित रूपमा आफ्नो धारणा र असहमति प्रस्तुत गरिसकेको जानकारी दिए। संविधानको प्रस्तावनादेखि विभिन्न धारासम्म संशोधनका विषय सार्वजनिक बहसमा लैजाँदा संविधानको आधारभूत संरचनामा असर पर्न सक्ने उनको भनाइ थियो।
उनले सरकार वास्तवमै संविधान संशोधन गर्न इच्छुक भए संविधानका आधारभूत मूल्य, मान्यता र संरचनामा प्रवेश नगर्ने स्पष्ट निर्णय मन्त्रिपरिषद्बाट गर्नुपर्ने धारणा व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असार २०८३, २० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार र सत्तारुढ दल नै संविधान संशोधनबारे स्पष्ट छैन : देव गुरुङ
गौर हत्याकाण्डबारे माओवादी: ‘राजनीतिक प्रकृतिको घटना भन्दैमा घेराबन्दी गरेर कसैको पनि सामुहिक हत्या गर्न पाइँदैन’
विप्लवसँग छिट्टै पार्टी एकता हुन्छ : महासचिव गुरुङ
ओलीका कारण शान्ति प्रक्रिया अवरुद्ध हुनसक्छ: देव गुरुङ