काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीसम्बन्धी विधेयकमा ‘परिवारको परिभाषा’ समेटिएको व्यवस्था परिवारका सदस्य वा नातेदारलाई दुःख दिने उद्देश्यले नभई सहकारी क्षेत्रका समस्या समाधानलाई प्रभावकारी बनाउन ल्याइएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा सहकारी (पहिलो संशोधन) विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । सहकारी अपचलनमा संलग्न भएका सहकारी सञ्चालकका सदस्यमाथि अनुसन्धानबिना कुनैपनि प्रकारको अनावश्यक पीडा दिने मनसाय नभएको उहाँको भनाइ छ । उहाँले सहकारीसम्बन्धी मुद्दा समाधान गर्ने क्रममा परिवारको स्पष्ट कानूनी परिभाषा नहुँदा व्यवहारिक कठिनाइ भोग्नुपरेको अनुभवका आधारमा उक्त व्यवस्था प्रस्ताव गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सहकारीसम्बन्धी विधेयकमा परिवारको परिभाषा राखिएको विषय परिवारका अन्य सदस्य र नातेदारलाई दुःख दिने मनशायले राखिएको होइन । हामीले काम गर्दै जाँदा भोगेको समस्या र यो प्रावधानले नहुँदा सहकारी समस्या समाधान गाह्रो भएको कारण यो व्यवस्था ल्याइएको हो । त्यसकारण मान्य सदस्यहरुलाई यो व्यवस्था सहर्ष स्वीकार गरिदिनको लागि अनुरोध गर्न चाहान्छु ।’
राष्ट्रिय सभाबाट प्राप्त संशोधन प्रश्ताव समेत सभाले स्वीकृत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असार २०८३, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूमिहीन र सुकुम्वासीलाई लालपुर्जा वितरण कार्य निरन्तर रहन्छ: मन्त्री रावल
मधेशका मुख्यमन्त्रीसँग मन्त्री रावलले गरिन् छलफल
मन्त्री रावलको निर्देशन: ‘मन्त्रीलाई खुसी पार्नु पर्दैन, सेवाग्राहीलाई खुसी पार्नुस्; दबाब होइन, कानुनमा टेकेर काम गर्नुस्’