स्थानीय तह निर्वाचन

आमाको किरियामा बसेका तीन दाजुभाइले गरे मतदान

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, १० : ४१
आमाको किरियामा बसेका तीन दाजुभाइले गरे मतदान

मुगु । मुगुको खत्याड गाउपालिका -८ सुकाढिक गाउँका तीन दाजुभाइले आमाको किरिया  बसेका बेला मतदान गरेका छ्न्। आमाको मृत्यु भाएको ७ दिन पुगेका उनीहरू १ घन्टा उकालो बाटो हिँडेर मतदान गरेका हुन । 

उनीहरूले खत्याड गाउपालिका-८ आम गाउँमा रहेको श्री सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छ्न् । किरिया बस्ने दाजुभाइमा खत्याड गाउपालिका-८ सुकाढीक गाउँका ५६ वर्षीया कविराज कार्की,  माइला भाइ वीरबहादुर कार्की र जयसुर कार्कीले करिब साढे ८ बजेतिर  मतदान गरेका हुन् । 

जेठा दाइ कविराज कार्की नेपाल टेलिभिजन मुगुका जिल्ला संवाददाता हुन् । पाँच वर्षमा एकपटक आउने स्थानीय तहका जनप्रतिनिधि छनोट गर्न राम्रा मान्छेलाई चुन्नु पर्ने भएकोले आफ्नो अमूल्य मतदान गर्न आएको कविराजले बताए । 

 

प्रतिक्रिया दिनुहोस