काठमाडौं । नेपाली कांग्रेसले पाँच दलीय गबठन्धनविरुद्ध क्रियाकलाप गरेको भन्दै चितवनको भरतपुर नगरपालिकाका आफ्ना पाँच जना नेता तथा कार्यकर्तालाई कारवाही गरेको छ ।
कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई तत्काल लागु हुनेगरी पार्टी सदस्यबाट निलम्बन गरेको जनाएको छ । कांग्रेसले कारवाही गरेका भरतपुरका पाँच जना नेता कार्यकर्तामा पूर्व सांसद भिम बहादुर श्रेष्ठ, नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, नेपाल तरुण दल चितवनका पूर्व जिल्ला सचिव आनन्दराज राउत र क्रियाशील सदस्य डा. केशव पौडेल रहेका छन् ।
विज्ञप्ति अनुसार कांग्रेस जिल्ला कार्यसमिति चितवनले उनीहरु कांग्रेसको केन्द्रीय निर्देशन एवं पाँच दलीय गठबन्धनका उम्मेदवारहरुका विरुद्धमा सक्रिय रही पार्टीको विधान र अनुशासनभन्दा बाहिर रहेर कार्य गरेको हुँदा तत्काल लागु हुनेगरी पार्टी सदस्यबाट निलम्बन्ध गर्न सिफारिस गरेको थियो । सोही अनुसार पार्टीले उनीहरुलाई निलम्बन गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ बैशाख २०७९, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा विघटन असंवैधानिक छ: कांग्रेस
संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्चको व्याख्या विपरीत: कांग्रेस
‘हामी उठ्ने छौँ’ लेखेर काँग्रेस कार्यकर्ताले केन्द्रीय कार्यालयमा राखे झण्डा र बिपीको फोटो
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
रुपन्देही-३ मा काँग्रेसबाट उम्मेदवारको आकांक्षी देखिए पूर्वगर्भनर चिरञ्जीवी नेपाल
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै