काठमाडौं । निर्वाचन आयोगले मदिरा सेवन गरेका मतदातालाई मतदान केन्द्रमा प्रवेश नदिने भएको छ ।
मतदाता नामावलीमा नाम भएपनि आयोगले त्यस्ता व्यक्तिलाई मतदान केन्द्रमै प्रवेश नदिने सूचनामार्फत जनाएको हो ।
यस्तै त्यस्तै मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोवाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै वस्तु लैजान नपाइने पनि आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
‘मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएतापनि मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिनु हुँदैन’, आयोगले भनेको छ, ‘त्यस्तै मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोवाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै वस्तु लैजान नपाइने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ बैशाख २०७९, १९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश