न्युयोर्क । अमेरिकी राष्ट्रिय खुफिया निर्देशक एभ्रिल हेन्सले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘मार्शल ल’ लागू गर्न सक्ने र औद्योगिक उत्पादनलाई पुनर्स्थापित गर्न सक्ने टिप्पणी गरेका छन् । अमेरिकी सिनेट समितिको सुनुवाईमा निर्देशक हेन्सले सो धारणा राखेका हुन् ।
रुसले ‘अस्तित्वको खतरा’ सामना गरे मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु हतियार प्रयोग गर्ने बताएका छन् । रूसी राष्ट्रपतिले युक्रेनमा लामो द्वन्द्वको लागि तयारी गर्दै दोनबासभन्दा बाहिरका लक्ष्यहरू प्राप्त गर्न चाहेको उनले बताए ।
पछिल्लो समयमा रुसले पूर्वी युक्रेनमा हमला गरेको छ । २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा लाखाौँ युक्रेनी विस्थापित भएका छन् । यसैबीच राष्ट्रसंघीय मानव अधिकार उच्चायोग (ओएचसीएचआर) ले रुसी हमलामा अहिलेसम्म ३ हजार १५३ जनाको मृत्यु भएको जनाएको छ । युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझै बढी हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २८ बैशाख २०७९, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाद्वारा कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि प्रतिबन्ध
अमेरिकामा गोली हानेर ३ प्रहरी मारिए, २ जना गम्भीर घाइते
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स
अमेरिका जाँदै हुनुहुन्छ ? पहिल्यै १५ हजार डलर धरौटी राख्नुपर्ने नियम आउँदै
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज