काठमाडौँ । नेपाल-भारत सीमाबाट दुई थान घरेलु पेस्तोलसहित एक जनालाई पक्राउ गरिएको छ । सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) ४१ औँ वाहिनी अन्तर्गत कादोमनीजोत ई कम्पनीका जवानहरूले उनलाई पेस्तोलसहित भारतबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–७ कालीखोला, काँकडभिट्टा निवासी ३१ वर्षीय नवीन थापा मगर रहेका छन् । उनलाई भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार गोप्य सूचनाका आधारमा भारतको भालुगाडा क्षेत्रमा नियन्त्रणमा लिइएको हो ।
एसएसबीका जवानहरूले शंकास्पद अवस्थामा रहेका मगरलाई जाँच गर्ने क्रममा उनको साथबाट दुई थान घरेलु पेस्तोल, एक थान म्यागजिन तथा ४ सय भारतीय रुपैयाँ बरामद गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा मगरले पैसाको लोभमा परी भारतको बिहार राज्य अन्तर्गत किशनगञ्ज जिल्लाको गलगलियाबाट पानीटंकीसम्म अवैध हतियार ओसारपसार गर्ने गरेको खुल्न आएको बताइएको छ ।
एसएसबीले आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि बरामद हतियार र पक्राउ परेका मगरलाई थप अनुसन्धान तथा कारबाहीका लागि खोरीबाडी थाना प्रहरीलाई बुझाएको छ । भारतीय प्रहरीले मगरविरुद्ध आम्र्स एक्ट अन्तर्गत मुद्दा दर्ता गरेको छ । उनलाई आज सिलिगुडी जिल्ला अदालतमा पेस गराइने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ जेठ २०८३, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ललितपुरबाट पेस्तोलसहित ३ जना पक्राउ
कटुवा पेस्तोलसहित एक युवक पक्राउ
सिभिल मलबाट ६ थान नक्कली पेस्तोल बरामद
भारतीय नागरिक पेस्तोलसहित पक्राउ