आईपीएलमा चेन्‍नई र बेङ्गलोरको जित

एजेन्सी

सोमबार, २६ बैशाख २०७९, ०७ : ५६
आईपीएलमा चेन्‍नई र बेङ्गलोरको जित

एजेन्सी । दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट प्रतियोगितामा साविक विजेता चेन्‍नई सुपर किङ्सले चौथो जित निकालेको छ ।आइतबार मुम्बईमा चेन्‍नईले दिएको २०९ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो । 

दिल्लीका लागि मिचेल मार्शले सर्वाधिक २५ रन  बनाए । चेन्‍नईका मोइन अलीले सर्वाधिक ३ विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको चेन्‍नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०८ रनको योगफल तयार पारेको थियो ।

चेन्‍नईका डेभोन कोन्वेले  सर्वाधिक ८७ रन बनाए । दिल्लीका एन्रिच नोर्कियाले ३ विकेट लिए । जितसँगै चेन्‍नई ११ खेलबाट ८ अंक जोडेर आठौं स्थानमा छ । दिल्ली ११ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा छ ।

बेङ्गलोरको सातौं  जित
आइतबार नै भएको अर्को खेलमा सनराईजर्स हैदरावादलाई ६७ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बेङ्गलोरले प्रतियोगितामा सातौँ जित निकालेको छ ।

मुम्बईमा बेङ्गलोरले दिएको १९३ रनको लक्ष्य  भेट्टाउनु अघि हैदरावाद १९ ओभर २ बलमा सबै विकेट गुमाउदै १५ रनमा समेटियो ।हैदरावादका राहुल त्रिपाठीले  सर्वाधिक ५८ रन बनाए । बैंगलोरका वानिन्दु हसरंगा सर्वाधिक ५ विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको बेङ्गलोरले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनायो । बेङ्गलोरका कप्तान फाप डु प्लेसिसले  सर्वाधिक ७३ रन बनाए । हैदरावादका जगदीश सूचितले २ विकेट लिए । जितसँगै बेङ्गलोर १२ खेलबाट १४ अंक जोडेर चौंथो स्थानमा  छ । हैदरावादले ११ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस