एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले बल्ल दोस्रो जित निकालेको छ । खराब स्थितिमा रहेको उसले शीर्ष स्थानको गुजरात टाइटन्सलाई ५ रनले पराजित गरेको हो । शुक्रबार राति मुम्बईले दिएको १७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर मात्र १७२ रन बनाउन सक्यो ।
गुजरातका लागि रिद्धिमान साहले सर्वाधिक ५५ रन तथा सुबमन गिलले ५२ रनको योगदान गरे । मुम्बईका मुरुगान आश्विनले २ विकेट लिए । त्यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १७७ रनको योगफल तयार पा९यो।
मुम्बईका लागि इशान किसनले ४५ रन बनाए । यस्तै, टिम डाभिड ४४ र कप्तान रोहित शर्माले ४३ रन बनाए । गुजरातका राशिद खानले २ विकेट लिए । जितसँगै मुम्बई १० खेलबाट ४ अंक जोडेर पुछारमा छ । गुजरात भने शीर्ष स्थनमा कायमै छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २४ बैशाख २०७९, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पञ्जाब र मुम्बईको खेल अहमदावादमा हुने
आईपीएल: पानी परेपछि दिल्लीसँग अंक बाँड्दै बाहिरियो हैदरावाद
आईपीएल : लखनउविरुद्ध पञ्जाबको सानदार जित
आईपीएल : हैदरावादविरुद्ध गुजरातको जितले रोचक बन्यो
आईपीएलः मुम्बई शीर्ष स्थानमा, सय रनले पराजित राजस्थान बाहिरियो
आईपीएल : दिल्लीविरुद्ध कलकताको जित