सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुदैंछ कारोबार ?

सफल खबर संवाददाता

शुक्रबार, २३ बैशाख २०७९, ११ : २७
सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुदैंछ कारोबार ?

काठमाडौँ । सुनको भाउ शुक्रबार तोलामा छ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९८ हजार कायम भएको छ । बिहीबार सुन तोलाको ९८ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ । बिहीबार एक हजार तीन सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार दुई सय ८० रुपैयाँमा निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस