एजेन्सी । रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफको सम्भावना बलियो बनाएको छ। बुधबार राति सम्पन्न खेलमा चार पटकको विजेता चेन्नई सुपर किंगलाई १३ रनले पराजित गर्दै बैंग्लोरले प्लेअफको सम्भावना बलियो बनाएको हो।
बैंग्लोरले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो। चेन्नईका ओपनर डेभोन कोन्वेले ५६ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ३७ बलमा ६ चौका र २ छक्का प्रहार गरे। यता, मोईन अली २७ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा आउट भए।
ओपनर ऋतुराज गायकवाडले २३ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाए। चेन्नईका अन्य ब्याटरले भने सन्तोषजनक खेल प्रदर्शन गर्न सकेनन्। बैंग्लोरका हर्षल पटेलले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए। ग्लेन म्याक्सवेलले २ तथा शहबाज अहमद, जोश हेजलवुड र वानिन्दु हसरंगाले १र१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो। बैंग्लोरका लागि महिपाल लोमरोरले ४२ रन बनाए। उनले २७ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २२ बैशाख २०७९, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि
आईपीएल फाइनलमा आज पञ्जाब र आरसिबी भिड्दै
आईपीएलः दोस्रो क्वालिफायरमा आज पन्जाब र मुम्बई भिड्दै
आईपीएल: गुजरातलाई पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश
पन्जाबलाई हराउँदै बैंग्लोर आईपीएलको फाइनलमा
आईपीएल: पहिलो क्वालिफायरमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने