आईजीपी नियुक्तिमा असन्तुष्ट एआईजी पोखरेल र थापा निर्वाचनको मुखमा बिदा बस्दै

सफल खबर संवाददाता

सोमबार, १९ बैशाख २०७९, १२ : ०६
आईजीपी नियुक्तिमा असन्तुष्ट एआईजी पोखरेल र थापा निर्वाचनको मुखमा बिदा बस्दै

काठमाडौं । सरकारले धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको आईजीपी नियुक्त गरेपछि असन्तुष्ट दुई सिनियर एआईजीहरू निर्वाचनको मुखैमा बिदा बस्ने तयारी गरेका छन् । एआईजी विश्वराज पोखरेल र सहकुल थापा निर्वाचनको मुखैमा बिदा बस्न लागेका हुन् ।उनीहरू दुवैले कानुनी लडाइँ लड्न अदालत जाने तयारी गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार दुवैजनाले बिदाको माग गरेका छन् । तर, स्वीकृत भएको छैन । एआईजीको बिदा आईजीपीले स्वीकृत गर्नुपर्छ । बिदा स्वीकृत नभएमा उनीहरू काममा फर्किनुपर्नेछ । पोखरेलले एक महिना र थापाले १० दिन बिदा माग गरेको बताइएको छ ।

यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ । निर्वाचन हुन ११ दिन बाँकी रहेको अवस्थामा दुई एआईजी बिदा बस्दा त्यसले संगठनको काम–कारबाहीमा समेत असर पर्ने प्रहरी अधिकारीहरू बताउँछन् ।सिंह आईजीपी भएपछि प्रहरीमा पोखरेलसहित थापा र रवीन्द्र धानुक एआईजी छन् ।

प्रतिक्रिया दिनुहोस