काठमाडौँ। नेकपा एमालेले जेन जेड आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठन गर्न माग गरेको छ ।
आज बसेको एमाले सचिवालयको आकस्मिक बैठकले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा छुट्टै आयोग गठन गर्न माग गरेको हो ।
सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । सो आयोगको प्रतिवेदनको सुझावको आधारमा प्रहरीले एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहानै निवासबाट पक्राउ गरेलगत्तै बसेको सचिवालय बैठकले सो माग गरेको हो
बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै एमाले महासचिव शंकर पोखरेलले गौरी बहादुर कार्की नेतृत्वको आयोगले गरेको छानबिन निष्पक्ष नरहेको पार्टीले निष्कर्ष निकालेको जानकारी दिए ।
यस आधारमा एमालेले छुट्टै आयोग गठन गर्न माग गरेको हो । ‘उक्त घटनाको निष्पक्ष र न्यायिक छानबिनका लागि सर्वोच्च अदालतको बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गर्दछ,’ महासचिव पोखरेलले पार्टीको निर्णयबारे जानकारी दिए ।
नेकपा एमालेले अध्यक्ष ओली र काँग्रेस नेता लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी’ भनेको छ । त्यसविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय एमालेले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ चैत्र २०८२, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
एमाले सचिवालय बैठक स्थगित, सोमबार बस्ने
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
एमालेको सचिवालय बैठक शनिबारका लागि आह्वान
प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर एमालेको आपत्ति, संसद्को मर्यादा कमजोर पारिएको आरोप
प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल