सुन र चाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

सोमबार, १९ बैशाख २०७९, १० : ५९
सुन र चाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

 काठमाडौँ । सुनको भाउ सोमबार तोलामा आठ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार दुई सय कायम भएको छ । आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजावी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस