काठमाडौं । काठमाडौंको बबरमहलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गए राति भएको दुर्घटनामा परेर डडेल्धुराको अमरगढी नगरपालिका-५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने करिब २६ वर्षीय केबिन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएकको छ।
उनको उपचारको क्रममा वीर अस्पतालमा गए राति २ बजे मृत्यु भएको हो । बानेश्वरबाट बबरमहलतर्फ आउँदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भई सडकको नालीमा पल्टिएको थियो। स्कुटर नालीमा पल्टिएसँगै गम्भीर घाइते भएका श्रेष्ठलाई प्रहरीले अस्पताल पुर्याएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ बैशाख २०७९, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
रोल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते