एजेन्सी । सनराइजर्स हैदरावादलाई १३ रनले हराउँदै साविक विजेता चेन्नई सुपर किङसले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ ।
पुनेमा आइतबार चेन्नईले दिएको २०३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १८९ रनमा समेटियो । हैदरावादका निकोलस पुरनले अविजित ६४ रन बनाए । कप्तान केन विलियम्सनले ४७ रन तथा अभिषेक शर्माले ३९ रनको योगदान दिए ।
चेन्नईका मुकेश चौधरीले ४ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २०२ रन बनायो । चेन्नईका रुतुराज गायकवाडले सर्वाधिक ९९ रन बनाए ।
डेभोन कोन्वेले अविजित ८५ रनको योगदान गरे । हैदरावादका टी नटराजनले २ विकेट लिए । जितसँगै चेन्नईले ९ खेलबाट ६ अंक जोडेर नवौं स्थानमा छ । हैदरावाद ९ खेलमा १० अंक जोडेर चौंथो स्थानमा छ ।
आइतबारकै अर्को खेलमा लखनउ सुपर जायन्टसले दिल्ली क्यापिटल्सलाई ६ रनले हरायो । १९६ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ७ विकेट गुमाएर मात्र १८९ रन बनाउन सक्यो । यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ३ विकेट गुमाएर १९५ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ बैशाख २०७९, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित
आईपीएल : लखनउसँग चेन्नई ७ विकेटले पराजित
आईपीएल क्रिकेट : राजस्थानमाथि गुजरातको सानदार जित
आईपीएल : दिल्लीविरुद्ध कोलकाताको जित
आईपीएल : पञ्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमा
आईपीएल : मुम्बईविरुद्ध हैदरावाद ६ विकेटले विजयी