लमजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चुनाव जितेर भ्रष्टचार गरी कमाउँछु भन्ने मनासाय बोकेर राजनितिमा आएका कार्यकर्तालाई पार्टीबाट बिदा गर्ने बताएका छन् ।
राप्रपा लमजुङले शनिबार बेसीशहरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।'भ्रष्टाचारीको आरोप लाग्यो भने एक जना व्यक्तिलाई मात्रै नभई सिंगो पार्टीसँगै व्यक्ति र उसका सातपुस्ता सम्मलाई नराम्रो छाप पर्नेछ,' उनले भने
स्थानीय निर्वाचनमा आफ्ना उम्मेदावरले नगरपालिका र गाउँपालिकामा चुनाव जिते कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने र सबै बालबालिका र विद्यार्थीलाई शिक्षाको पहुँचमा जोड्ने उनको भनाइ छ ।
'देश विकासको लागि हामी साना दललाई एउटा मौका दिएर चुनाव जिताउनुहोस्, हामी भ्रष्टाचारमुक्त देश निर्माण गर्नेछौँ,' उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ बैशाख २०७९, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भिजिट भिसा प्रकरणमा छानबिन नभए रास्वपासहित सडक आन्दोलनमा जान्छौँ: राजेन्द्र लिङदेन
रवि लामिछानेलाई तत्काल काठमाडौं सरुवा गर्नुपर्छ : लिङ्देन
प्रकाशचन्द्र, धबलशम्शेर र विक्रम पाण्डेप्रति राजेन्द्र लिङदेनको आरोपै आरोप, अब चुप लागेर नबस्ने उदघोष्
निजामती विधेयकमा भएको हेरफेर छानबिन हुनुपर्छ: राजेन्द्र लिङदेन
निषेधित्र क्षेत्र बाहिर पनि नियन्त्रण गर्न खोजे प्रतिकार गर्ने राजेन्द्र लिङदेनको चेतावनी
निषेध गरेर जान खोजेको भए सरकारले जंगल पस भन्नुपर्योः राजेन्द्र लिङदेन