काठमाडौं । राजधानी काठमाडौंसहित देशभरजसो आज वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। वर्षाका साथ चट्याङ र हावाहुरीको पनि सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अहिले पनि चितवन, नवलपरासी आसपास चट्याङसहित वर्षा भइरहेको छ। काठमाडौंमा भने तत्काल पानी परिसकेको छैन। आज काठमाडौं उपत्यकामा पनि वर्षासँगै चट्याङ र हावाहुरीको पनि सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समतल भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव छ।
जसका कारण आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ बैशाख २०७९, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : तराईका अधिकांश स्थानमा कुहिरो
आजको मौसम : तराईका धेरै स्थानहरूमा हुस्सु
तराईमा हुस्सु–कुहिरो र शीतलहरको चेतावनी, सतर्कता अपनाउन आग्रह
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : तराईमा हुस्सु र कुहिरोको प्रभाव कायमै
कस्तो रहला आज देशभरको मौसम ?