दाङ । यात्रुबहाक जिप दुर्घटनामा परि दाङमा १३ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-३ चोरखोलामा बिहीबार दिउँसो रोल्पाको जुँगारबाट दाङको तुलसीपुर आउँदै गरेको जीप दुर्घटनामा परेको हो ।
घुम्ती बाटोमा जीपको गति तीव्र भएकाले दुर्घटनामा परेको हुनसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । घाइते १३ जना मध्ये तीन जनालाई थप उपचारका लागि कोहलपुर लगिएको छ । केही घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ बैशाख २०७९, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते