एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल टी २०) क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्समाथि चेन्नई सुपर किंग्सले तीन विकेटको रोमाञ्चक जित निकालेको छ ।
बिहीबार राति चेन्नईले दोस्रो जित निकाल्दा मुम्बईले भने सातौँ हार बेहोरेको छ ।मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले अन्तिम बलमा भेट्टायो । पूर्वकप्तान महेन्द्रसिंह धोनीले १३ बलमा २८ रन बनाए ।
आम्बाती रायडुले सर्वाधिक ४० तथा रोविन उथप्पाले ३० रनको योगदान गरे । मुम्बईमा ड्यानिल सामले सर्वाधिक ४ विकेट लिए । यसअघि मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । उसका तिलक वर्माले सर्वाधिक ५१ रन बनाए । सूर्यकुमार यादवले ३२ रन जोडे । चेन्नेईमा मुकेश चौधरीले सर्वाधिक ३ विकेट लिए ।
सातौँ खेलसम्म जित निकाल्न नसकेको मुम्बई तालिकाको पुछारमा छ । दोस्रो जित निकालेको चेन्नई नवौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०९ बैशाख २०७९, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि
आईपीएल फाइनलमा आज पञ्जाब र आरसिबी भिड्दै
आईपीएलः दोस्रो क्वालिफायरमा आज पन्जाब र मुम्बई भिड्दै
आईपीएल: गुजरातलाई पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश
पन्जाबलाई हराउँदै बैंग्लोर आईपीएलको फाइनलमा
आईपीएल: पहिलो क्वालिफायरमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने