काठमाडौ । आन्तरिक राजस्व कार्यालय, चाबहिलले आफ्नो कार्यक्षेत्र अन्तर्गतका ८ वटा करदाताहरूलाई १५ दिनभित्र व्यावसायिक कागजातसहित उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ।
मंगलबार सूचना प्रकाशित गर्दै कार्यालयले ती करदाताहरूको आय वर्षको कारोबारको अनुसन्धान, छानबिन र पूर्ण करपरीक्षण गर्नुपर्ने देखिएकाले विवरण माग गरिएको जनाएको छ।
कार्यालयले यसअघि हुलाकबाट पत्राचार गर्दा पत्र फिर्ता आएको, टेलिफोन र इमेलमा सम्पर्क हुन नसकेको र कारोबार स्थल समेत फेला नपरेका कारण सार्वजनिक सूचना निकाल्नु परेको स्पष्ट पारेको छ।
सूचनामा उल्लेख भए अनुसार आयकर ऐन, २०५८, मूल्य अभिवृद्धि कर ऐन र अन्तःशुल्क ऐनका विभिन्न दफाहरू बमोजिम ती करदाताका सञ्चालक वा आधिकारिक व्यक्ति स्वयं उपस्थित भई कागजात पेश गर्नुपर्नेछ।
तोकिएको १५ दिनको समयभित्र आवश्यक कागजात पेश नगरेमा कार्यालयले आफूसँग उपलब्ध तथ्याङ्क र सूचनाका आधारमा कर निर्धारण गर्ने चेतावनी समेत दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ जेठ २०८३, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट दश महिनामा करिब ६ अर्ब राजस्व सङ्कलन
राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाइ
खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व
घरजग्गा कारोबारबाट माघ महिनामा पाँच अर्ब राजस्व सङ्कलन