काठमाडौं । जनता समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ।
पार्टीले हरेक पालिकामा स्थानीय विशिष्टता अनुरुप सेरोफेरोमा चक्रपथ निर्माण गर्ने र पानीको महसुल २०० रुपैयाँसम्म मिनाहा गर्ने विभिन्न योजनासहित घोषणापत्र सार्वजनिक गरेको हो ।
‘पालिकास्तरका विद्यालय तथा आधारभूत सेवा कार्यालयहरुलाई सडकसँग जोडिने छ। सडकहरुको गुणस्तर सुधार गर्दै लगिने छ। सबै पालिकाहरुमा एक बसपार्क बनाइने छ। महानगरहरुमा नगररेल सेवा विकासको सम्भावनाबारे अध्ययन गरिने छ,’ घोषणापत्रमा भनिएको छ।
शुद्ध पिउने पानीको सुविधा नपुगेका घरबस्तीमा खानेपानी सुविधा पुर्याइने प्रतिबद्धता पनि घोषणापत्रमा व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ बैशाख २०७९, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा