जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज बिहान जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा आयोजित योग कार्यक्रममा उनले योगाभ्यासले मानवलाई स्वस्थ राख्ने भएकाले योग शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड दिए ।
स्वास्थ्य रहन मानवले दैनिक एक घण्टा योग गर्नुपर्ने बताउँदै मुख्यमन्त्री यादवले कार्यव्यस्थताका बाबजुद मानवले स्वास्थ्य रहन दैनिक योग गर्नुपर्ने धारणा राखे । “स्वास्थ्य महत्त्वपूर्ण विषय हो”, उनले भने, “स्वस्थ रहन योग आवश्यक छ, त्यसैले नियमित योग गरौँ र निरोग रहौँ ।” योग गर्दा स्वस्थसँगै सोच र विचारमा पनि परिवर्तन आउने उनको भनाइ छ ।
मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले निरोगी रहन नियमित योगाभ्यास आवश्यक रहेको उल्लेख गर्दै योगाभ्यासको शिक्षालाई समुदायस्तरसम्म फैलाउनुपर्नेमा जोड दिए।
पर्साको वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास र पतञ्जली योग समिति मधेस प्रदेश समितिद्वारा आयोजित योगाभ्यास कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सदस्य, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार चौधरीलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ असार २०८३, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समतामूलक र समावेशी समाज निर्माणमा एकताबद्ध हुन मुख्यमन्त्री यादवको आह्वान
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने
मुख्यमन्त्री यादवद्वारा ३ मन्त्री नियुक्त, जनमतका महेशले पाए अर्थ मन्त्रालयको जिम्मेवारी
मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने
मधेशका मुख्यमन्त्री यादवले प्रदेश प्रमुखलाई बुझाए राजीनामा