काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले आजदेखि स्थानीय तहको चुनावका लागि टिकट (मनोनय पत्र) वितरण सुरु गर्ने भएको छ । पार्टीको पालिका समितिबाट सिफारिस भइ मनोनित भइसकेका पालिका प्रमुख÷उपप्रमुख÷अध्यक्ष÷उपाध्यक्षका उम्मेदवारलाई टिकट वितरण गरिने जनमत पार्टीका सचिवालयले जनाएको छ । सो टिकट पार्टीको केन्द्रीय सचिवालय जनकपुरबाट हुने बताइएको छ ।
टिकट लिन आउने उम्मेदवारले आफ्नो नागरिकता र मतदाता परिचय–पत्रको प्रतिलिपी साथमा लिएर आउन पार्टीले भनेको छ । त्यस्तै, उम्मेदवारले टिकट लिनु अगावै पार्टीको अनुशासनमा बस्ने र भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गर्नुपर्ने मापदण्ड सो पार्टीले बनाएको छ ।
टिकट लिनका लागि कुनै पनि शुल्क नलाग्ने पनि जनमतले स्पष्ट गरेको छ । त्यसका साथै उम्मेदवारले आफ्नो निर्वाचन खर्च आफैंले बेहोर्नु पर्ने, तथा चुनावका लागि पार्टीले कुनै पनि खर्च नदिने भनि स्पष्ट गरेको छ ।
वडाअध्यक्षको टिकट बैशाख ७ र ८ गते हुने जनाइएको छ । वडाअध्यक्षको टिकट वितरण केन्द्रीय सचिवालय जनकपुर, विराटनगर र भैरहवाबाट वितरण हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ बैशाख २०७९, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा
फुट्यो जनमत पार्टी, नयाँ दलका लागि आयोगमा निवेदन
जनमतले बोलायो सचिवालय बैठक
मधेशमा दुई मन्त्री फेर्दै जनमत
नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम स्थगित
आज साँझ जनमत पार्टीको बैठक बस्दै