फुट्यो जनमत पार्टी, नयाँ दलका लागि आयोगमा निवेदन

सफल खबर संवाददाता

आइतबार, २६ असोज २०८२, २० : २७
फुट्यो जनमत पार्टी, नयाँ दलका लागि आयोगमा निवेदन

काठमाडौँ। जनमत पार्टीबाट अलग भएकाहरूले नयाँ दल दर्ता प्रक्रिया अगाडि बढाएका छन् ।

दीपक साहको नेतृत्वमा राजस्व पार्टी दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिइएको छ । सिके राउत नेतृत्वको जनमतमा साह उपाध्यक्ष थिए । साह नेतृत्वको नयाँ पार्टीमा जनमत पार्टीका १५ जना कार्यकारिणी समिति सदस्य लागेको बताइएको छ ।

‘५२ जना कार्यकारिणी रहेको जनमतबाट १५ जना अलग भएर नयाँ राजनीतिक पार्टी दर्ता प्रक्रिया अगाडि बढाइएको छ,’ एक नेताले भने, ‘आज निवेदन दिएका छौँ । बाँकी प्रक्रियामा भइरहेको छ ।’

नयाँ पार्टीमा ई।सुरेन्द्र नारायण यादव, हेमलता रजक, शम्भुनाथ साह लगायत लागेका छन् । जनमत पार्टीका अध्यक्ष राउतले नेताहरूलाई अनेक आरोप लगाएर पार्टीबाट स्पष्टीकरण सोध्ने र निकाला गर्ने गर्दै आएका थिए । निलम्बन र बर्खास्तमा परेकाहरू संगठित भएर नयाँ दल खोलेका हुन् ।

प्रतिक्रिया दिनुहोस