काठमाडौँ । मधेस प्रदेश सरकारले ल्याएको बजेटप्रति रुष्ट बनेको डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सचिवालय बैठक बोलाएको छ।
आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको प्रवक्ता डा शरदसिंह यादवले बताए।
बैठकमा मधेस प्रदेश सरकारले ल्याएको बजेटसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए। मधेसमा जनमतका सतिशकुमार सिंह नेतृत्वको सरकार छ। अर्थमन्त्री काँग्रेसका सुनिलकुमार यादव छन्।
अर्थमन्त्रीले मुख्यमन्त्रीलाई नै बाइपास गरेर बजेट ल्याएपछि जनमतले असन्तुष्टि जनाएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ असार २०८२, १८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग
जनमत पार्टीको महाधिवेशन असोजमा हुने
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्ने
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा
फुट्यो जनमत पार्टी, नयाँ दलका लागि आयोगमा निवेदन