काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज र नेपालका लागि अर्जेन्टिनाका राजदूत डा. ह्युगो जाभियर गोवीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाउन नेपाल आएका राजदूत गोवीले मंगलवार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री गहतराजसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा मन्त्री गहतराज र राजदूत गोवीले दुई देशबीचको पारस्पारिक सम्बन्ध तथा खेल क्षेत्रको समग्र विकासबारे छलफल गरेका थिए ।
त्यसक्रममा मन्त्री गहतराजले नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेल खेलाउन गरेको प्रस्तावमा राजदूत गोवी सहमत भएका छन् । दुई देशबीच हुने मैत्रीपूर्ण खेलबाट दुई देशको सम्बन्ध अझै प्रगाढ हुने आशा व्यक्त गर्दै मन्त्री गहतराजले राजदूत गोवीमार्फत अर्जेन्टिनाका फुटबल खेलाडीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० चैत्र २०७८, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास
समोअसँग खेल्दै नेपाल, प्रतियोगिताको उपाधि जित्ने लक्ष्य
टी-२० विश्वकप छनोट : ओमानविरुद्ध नेपालको शानदार जित
यूएईमाथि नेपालको रोमाञ्चक जित