काठमाडौँ । ओमानस्थित नेपाली राजदूतावासले नेपाल र ओमानबीच व्यापार, लगानी, पर्यटन तथा रोजगारीका अवसर प्रवर्द्धन गर्ने उद्देश्यले ‘समृद्धिका लागि आर्थिक साझेदारी’ शीर्षकमा विशेष कार्यक्रम आयोजना गरेको छ ।
बुधबार आयोजित कार्यक्रममा विभिन्न कम्पनी तथा ‘सुपरमार्केट’का प्रमुख कार्यकारी अधिकृत, निर्देशक, प्रबन्धक, सञ्चारकर्मी, नेपाली उद्यमी र ओमानस्थित नेपाली समुदायका प्रतिनिधिसहित १०० भन्दा बढीको सहभागिता थियो ।
त्यस अवसरमा ओमानका लागि नेपाल राजदूत डोरनाथ अर्यालले नेपालमा व्यापार, लगानी तथा पर्यटनका प्रशस्त सम्भावना रहेका बताउँदै वैदेशिक लगानीका प्राथमिकताका क्षेत्रबारे विस्तृत रूपमा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ११ असार २०८३, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती
ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा
राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
एसियाली छनोट : समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल