एजेन्सी । भारत र अमेरिकाले पाकिस्तानलाई आतंकवादी हमलाका लागि आफ्नो भूमि प्रयोग गर्न बन्द गर्न र मुम्बई, पठानकोट हमलाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन आग्रह गरेको छ ।
भारत र अमेरिकाबीचको ‘टू प्लस टु वार्ता’पछि जारी गरिएको संयुक्त विज्ञप्तिमा पाकिस्तानसँग यस्तो माग गरिएको हो ।बैठकमा भारतका विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहका साथै अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केन र लोयड अस्टिन सहभागी थिए। भारत र अमेरिकाको यो संयुक्त वक्तव्य यस्तो समयमा आएको हो जब पाकिस्तानमा इमरान खानको स्थानमा शाहबाज शरीफ नयाँ प्रधानमन्त्री बनेका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘बैठकमा मन्त्रीहरूले पाकिस्तानलाई तत्काल त्यस्ता स्थायी कदमहरू चाल्न आग्रह गरेका छन् ताकि आफ्नो माटो कुनै आतंकवादी हमलाको लागि प्रयोग हुन नपरोस्।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २९ चैत्र २०७८, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित