प्रतिनिधिसभा बैठक

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

सफल खबर संवाददाता

मंगलबार, ०५ जेठ २०८३, ०७ : ०१
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सुरु हुनेछ । 

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहनेछ । आर्थिक वर्ष २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहनेछ । 

अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले उक्त छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची छ । 

आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस